
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका-५ घर भई हाल तुलसीपुर-१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर-१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा बिहीबार बिहान खाना पकाउने क्रममा सिलिन्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ । खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।
घाईते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्