
web pic
काठमाडौं । नुवाकोटमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी, ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको थियो । दुर्घटनामा परी २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्