
बुटवल । बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ ।
प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्नुयभो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी लाग्ने बताउनुयो । उहाँले खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै शुरुवात गर्नुपर्ने बताउँदै विद्यालयतहमा खेलाडी उत्पादनका लागि सहकार्य गर्न बुटवल पमहानगरपालिका सधै तयार रहेको बताउनुभयो ।
उहाँले बुटवल ऐतिहासिक, औद्योगिक, पर्यटकीय नगरका रुपमा स्थापित भइसकेको बताउँदै खेलका माध्यमबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्न खेलक्षेत्रका सबैको साथ जरुरी रहेको बताउनुभयो । उहाँले बुटवलमा फुटबल, लनटेनिस, ब्याडमिन्टनलगायतका राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना हुने गरेको र आगामी दिनमा अन्य प्रतियोगिता पनि आयोजना गर्ने गरी लाग्न खेलकुद क्षेत्रका व्यक्तिहरुलाई आग्रह गर्नुभयो ।
प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी बताउनुयभो ।
प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताउनुभयो ।
प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटनका अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति देखाएको थियो ।
प्रतिक्रिया दिनुहोस्