१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्यटनको विकास अपरिहार्य : मन्त्री किराँती


39
Shares

स्याङ्जा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको आर्थिक क्षेत्रको विकासमा पर्यटनको विकास अपरिहार्य रहेकोे बताउनुभएको छ ।

स्याङ्जाको सिरुबारी सामुदायिक होमस्टेको २५ औं रजत जयन्तीको अवसरमा बोल्दै उहाँले देशको विभिन्न ठाउँमा रहेका होमस्टेले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिदै आएको बताउनुभयो ।

होमस्टे निर्माणको कार्यलाई सरकारले पनि सहयोग पुर्‍याउने बताउँदै उहाँले पुराना गाउँ, पुराना बस्ती भित्र सफा घर नै होमस्टेको पहिचान रहेको तर्क गर्नुभयो ।