१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अनाथ बालबालिकालाई धुलिखेल नगरपालिकाद्वारा आर्थिक सहयोग


26
Shares

काभ्रे । धुलिखेल नगरपालिकाले बुबा-आमा विहीन नगरभित्रका २१ जना बालबालिकालाई नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाको ३७ औं स्थापना दिवसको अवसर पारेर २१ जना बालबालिकालाई प्रतिव्यक्ति ४ हजार ५७५ रुपैयाँका दरले सम्मान गरिएको हो ।

स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिनुका साथै नगरपालिकाका गतिविधि समेटिएको ‘समृद्धिको यात्रा’ नामक पुस्तक विमोचन गरिएको छ ।

कार्यक्रममा बोल्दै काठमाडौ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. रामकण्ठ माकजुले विकास निर्माणका कार्यमा धुलिखेल नगरपालिकाले फड्को मारेको दाबी गर्नुभयो ।