
काठमाडौं । सरकारले देशका विभिन्न थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
यसरी औद्योगिक ग्राम घोषणा गरिने ठाउँहरुमा लिखु गाउँपालिका ४, काभ्रेपलान्चोकको मण्डनदेउपुर ६ र बेथानचोक २, म्याग्दीको रघुगंगा २, जुम्लाको तातोपानी गाउँपालिका २, पाल्पाको रिब्दिकोट ३, गुल्मीको रुरु क्षेत्र ४, दार्चुलाको अपि हिमाल ४ छन् ।
सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोत साधन तथा प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएपनि घोषित क्षेत्रमा आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्