२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बुढासुब्बा गोल्डकपको २२ औं संस्करणका विजेता पाए पुरस्कार रकम


195
Shares

काठमाडौं । बुढासुब्बा गोल्डकप आयोजक समितिले २२ औ संस्करणको प्रतियोगिताका विजेता तथा उपविजेता टिमको बक्यौता रकम तिरेको छ ।

धरान फुटबल क्लबले शुक्रबार विजेता मनाङ मसर््याङ्दी क्लबलाई ७ लाख ५० हजार र उपविजेता नेपाल पुलिस क्लबलाई ५ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कोभिड महामारी सुरु भएको वर्ष २०७६ को संस्करणको पुरस्कार भुक्तानी गर्न नसकेपछि धरान फुटबल क्लबले २३ औ संस्करण आयोजनाका लागि मनाङ मस्र्याङदीसँग रहेको रनिङ शिल्ड फिर्ता लिन सकेको थिएन् ।

बक्यौता रकम तिरेपछि २३ औ संस्करण आयोजनाको बाटो खुलेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए ।

अब बुढासुब्बा गोल्डकप फागुन १३ गतेबाट २० गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका ५ र ३ विदेशी क्लबहरु समावेश हुने छन् ।