
काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाएको छ ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि मन्त्री परिषद्मा पठाएको फाइल परिषद्ले राष्ट्रपति कार्यलयमा पठाएको छ ।
कैद माफी तथा मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने हुँदा सोही व्यवस्था अनुसार सरकारले प्रक्रिया अघि बढाएको हो ।
फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयले असल चालचलन भएका केही कैदीको कैद माफीमिनाहा गर्दैछ । गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएको हो ।
कैलाली–२ बाट निर्वाचित सांसद चौधरीमाथि एमाले नेता महादेव बजगाँईको ट्याक्टरमा आगो लगाएको अदालतले आरोपमा ६ महिना कैद सजायको फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्