१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सत्ता गठबन्धनको यात्रा काँचो धागोमा अडिएको छैन : अर्थमन्त्री पौडेल


52
Shares

कैलाली । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको गठबन्धन नटुट्ने दाबी गर्नुभएको छ ।

सत्ता गठबन्धनको यात्रा काँचो धागोमा नअडिएको भन्दै उहाँले पाँच वर्षसम्म चल्ने दाबी गर्नुभयो ।

शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाली राजनीतिमा हल्ला एकातिर चल्ने र त्यसको उल्टा घटनाक्रम अगाडि बढ्ने गरेको बताउनुभयो ।

राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदमा पूर्व सहमति नै कार्यान्वयन हुने उहाँको भनाई छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यकता परेको भनिरहेको विषयलाई अन्यथा लिन नहुने भन्दै उहाँले सबै दल मिल्नुपर्छ भन्नु राम्रो कुरा भएको बताउनुभयो ।