२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जाको छाङछाङदी मन्दिरमा दर्शनार्थीको घुइँचो


611
Shares

स्याङ्जा । महाशिवरात्रीका अवसरमा भिरकोट नगरपालिका–५ मा अवस्थित छाङछाङदी मन्दिर शनिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

शुद्ध र पवित्र भै छाङछाङदी मन्दिरमा पुगि शिवजी पुजा अर्चना गरे मनले चिताएको कुरा पुरा हुने जनविश्वासका साथ बिहान ३ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

यस वर्षको महाशिवरात्री मेलाका अवसरमा छाङछाङदी मन्दिरमा २० हजार श्रद्धालु भक्तजनहरुले दर्शन गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताबर श्रेष्ठले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गसँग जोडिएको छाङछाङदी मन्दिरमा शिवरात्री तथा साउनको महिनामा भक्तजनको निकै घुइँचो लाग्ने गर्दछ ।

महादेवले सतिदेवीको शरीर बोकेर डुलाउने क्रममा यस स्थानमा सतिदेवीको अन्तिम अंङ्ग पतन भएको र शिवजीले तिर्खाले लागेकोले ढुङ्गाको चट्याङमा त्रिशूल प्रहार गरि पानी खाएकोले यसको निकै ठुलो महत्त्व रहेको छाङछाङदी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।