१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कीर्तिपुरमा अष्ट परिकार दान सम्पन्न


65
Shares

काठमाडौं । कीर्तिपुरमा अष्ट परिकार दान सम्पन्न भएकाे छ ।

विश्व शान्ति र नेपाली जनताको श्रीवृद्धिको कामना गर्दै अष्ट परिकार दान सम्पन्न गरिएकाे हाे । कीर्तिपुरस्थित नगर मण्डप श्री कीर्ति बिहारमा बौद्ध परम्परा अनुसार महापरित्राण पाठ तथा अष्ट परिकार दान सम्पन्न भएको छ ।

साेही अवसरमा बिहारका संस्थापक सत्यनारायण मानन्धरको पनि स्मरण गरिएको थियो । साेही कार्यक्रम ईमेज ग्रुप अफ कम्पनीजका महाप्रबन्धक रघुवर भक्त मानन्धरको आतिथ्यमा भएको थियो ।

बिहारले वर्षेनी यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।