
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले शुक्रबारदेखि सञ्चालन गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरेकाे छ ।
प्रतियोगिताकाे समापन कार्यक्रमकाे उद्घाटन शनिबार गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रोशनबहादुर गाहाले गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले खेल स्वास्थ्यको लागि महत्वपूर्ण हुनुका साथै समुदायलाई चिनाउने माध्यम बन्न सक्ने बताउनुभयो । एउटा खेलाडीले आफू मात्रै नभइ गाउँ, जिल्ला, प्रदेश र केन्द्र हुँदै राष्ट्रलाई नै चिनाउने उहाँकाे तर्क छ ।

गाउँपालिकाको आयोजनामा एक कार्यक्रमकाबीच प्रतियोगिता सञ्चालन भएको हो । गाउँपालिकाले साेही प्रतियोगितालाई उत्सवको रूपमा आयोजना गरेको जनाएको छ। शुक्रबारदेखि सञ्चालन भएको पालिकास्तरीय प्रतियोगिता शनिबार सम्पन्न हुने भएकाे छ । पालिका स्तरीय प्रतियोगिता सम्पन्न भएसँगै गाउँपालिका स्तरीय अध्यक्ष कप प्रतियोगिता सोमबारदेखि सुरू हुने समेत गाउँपालिका अध्यक्ष खिमबाहादुर थापाले जानकारी दिनुभयाे । प्रतियोगिता अन्तर्गत भलिबल, दौड, हाईजम्प र लङजम्प छेलोफाल्ने लगायतका खेलहरु सञ्चालन गरिएकाे छ ।
साेही प्रतियोगितामा गाउँपालिकामा रहेका १६ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखाका प्रमुख भिम श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्