४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


कांग्रेसका नेता भण्डारीको स्वास्थ्यमा सुधार


338
Shares

काठमाडौं । भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ ।

बुधबार राति काठमाडौंस्थित घरमै ग्याँस लिक भएपछि भएको आगलागीमा घाइते हुनुभएका भण्डारीको बिहीबारदेखि मुम्बईको नेशनल बोर्न अस्पतालमा उपचार भइरहेको हाे । भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताएका छन् ।

भण्डारीसँगै मुम्बई पुगेका कांग्रेसका नेता योगराज कँडेलका अनुसार भण्डारीका सबै प्यारामिटरहरु नमर्ल देखिएका छन् । उहाँको पहिलो शल्यक्रिया गर्दा घाउको गहिराई बढी भएका कारण बढी समय लागेको उल्लेख गर्नुभयाे । दोस्रो शल्यक्रिया १२ घण्टाको निगरानीपछि मात्र गर्न सकिने उहाँकाे भनाइ छ ।

फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको कारण हृदयमा असर नपर्ने जानकारी अस्पतालले दिएको उहाँका सहयोगीले बताएका छन् । भण्डारीको शुक्रबार दुवै खुट्टाको सर्जरी गरिएको थियो । उहाँलाई शनिबारदेखि पाइपबाट खाना दिन सुरू हुने र बाहिरबाट दिइएको अक्सिजन पनि ४५ प्रतिशतले घटाइएको अस्पतालले जनाएको छ ।