
नवलपुर । नवलपुरका किसानहरुलाई अहिले चैते धान रोप्न भ्याई-नभ्याई भएकाे छ ।
सिंचाइकाे सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो रहेको हाे । जिल्लाको कावासोती नगरपालिका, गैँडाकोटा नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, वियनी त्रिवेणी गाउँपालिका, बुलिङटार गाउँपालिका र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने गरेको छ ।
गत वर्ष जिल्लाको १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो । बर्खे धान भने प्रतिहेक्टर ३ टन भन्दा बढी उत्पादन हुने गरेकाे छ । चैते धान प्रतिहेक्टर ३ देखि ४ टनसम्म उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र नवलपुरले जनाएको छ ।
जिल्लामा विशेष गरी चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको छ । अहिले जिल्लाको गैंडाकोट नगरपालिका ११ र १२, कावासोती नगरपालिकाको ९ देखि १७ नम्बर वडामा चैते धान बढी मात्रमा लगाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्