
कैलाली । कैलालीमा रकम फिर्ता गर्न माग गर्दै शिव शिखर बहुउद्देश्यीय संस्था धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन् ।
संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै संर्घष समिति गठन गरेर पीडितहरु आन्दोलित भएका हुन् ।
पटक/पटक रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेको पीडितले बताएका छन् । शिव शिखर बहुद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले शिव शिखर बहुउद्देश्यीय धनगढी शाखाले बचत कर्ताको १५ अरब ८० करोड रुपैयाँ खाएर भागेको बताउनुभयो ।
शिव शिखर बहुद्देश्यीय संस्थाले देशैभरीका नागरिकले जम्मा गरेको रकम हिनामिना गर्दापनि सरकार मुखदर्शक भएर बसेको पिडितहरुको गुनाशो छ । उक्त सहकारी संस्थाका पदाधिकारी अहिले फरार छन् । सहकारीले गरेको बदमासीका वारेमा स्थानीय प्रशासनलाई जानकारी गराउँदा पनि अहिलेसम्म कुनै सुनुवाइ हुन नसकेको पीडितहरुको गुनासो छ ।
देशभर सेवा विस्तार गर्दै आएको शिव शिखरले सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको छ ।
सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रबन्धक हेमराज जोशीले भने एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्