
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर १ को मोलीमा रहेको कालिका माध्यमिक विद्यालयमा मातृभाषा कक्षा बन्द भएको छ ।
स्थानीय भाषामा पठनपाठन सुरु गरिए पनि विद्यार्थी अभाव भएपछि भाषा कक्षा बन्द भएको हो ।
कक्षा १ मा बाहिङ राई समुदायका विद्यार्थी एक जना र कक्षा २ र ३ मा पनि विद्यार्थी न्यून भएकाले पाठ्यक्रम र पाठ्यपुस्तक नहुँदा भाषा कक्षा बन्द हुन पुगेको विद्यालयका प्रधानाध्यापक खिलाराज श्रेष्ठले बताउनुभयो ।
बाहिङ राईको बाहुल्यता रहेको मोलीमा २०७५ सालदेखि नै भाषा कक्षा सुरु गरिए पनि विद्यार्थी अभावका कारण कक्षा प्रभावित हुँदै आएको थियो । भाषा कक्षा पठनपाठनका लागि एक जना शिक्षकको समेत विद्यालयले व्यवस्था गरेको थियो ।
प्राथमिक तहमा पढ्ने विद्यार्थी गैर बाहिङ राई समुदायका भएकाले पनि भाषाकक्षालाई निरन्तरता दिन नसकिएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्