
काठमाडौं । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बस्ने भएको छ ।
माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो ।
फागुन २५ गते हुने राष्ट्रपति चुनावका विषयमा बैठकमा छलफल गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्