१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा १५ सय अवैध कुखुराका चल्ला नष्ट


221
Shares

कपिलवस्तु । कपिलवस्तुमा भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेका १५ सय कुखुराका चल्ला नष्ट गरिएको छ ।

सोमबार १५ सय कुखुराका चल्लालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएर नष्ट गरेको हो । कृष्णनगर-१२ बेदर्मीको बाटो हुँदै नेपाल ल्याउँदै गरेको सूचनाकाे आधारमा सोमबार बिहान साढे ७ बजे चल्लालाई प्रहरीले नियन्त्रणमा लिएर सुरहि खोलामा नष्ट गरेकाे हाे ।

भारतबाट कुखुराका चल्ला ल्याउन प्रतिबन्ध लगाएको भएपनि सस्तो मूल्यमा पाइने भएकाले अवैध रुपमा ल्याउने गरिएकाे छ । अवैध चल्लाको मूल्य १ लाख ३५ हजार रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएकाे छ ।