
काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधु सन्तको बिदाई गरिएको छ ।
सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई बढीमा २ सय रुपैयाँदेखि ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाई गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २ सय देखि शुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २ सय रुपैयाँसम्म दक्षिण दिएर बिदाई गरेको बताउनुभयो ।
उहाँले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरेपनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मास्वरुप दक्षिण दिएर पठाएको बताउनुभयो । उहाँले साधुहरुलाई दक्षिण उहाँहरुको सम्मानको संकेत रहेको भन्दै साधुहरुलाई सबैले सधैँ सम्मानपूर्वक व्यवहार गर्नुपर्ने बताउनुभयो ।
शिवरात्रिका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिण पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिण दिइ सोमबार बिदाई गरिएको बताउनुभयो ।
साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाई गरेको हो । महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरु उपस्थित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्