२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिन हुँदैन : सचिव सुवेदी


65
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै नहुने बताउनुभएको छ ।

जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा ढिलाई गरिरहेका बेला सचिव सुवेदीले पाठ्यपुस्तक छपाईमा जनक शिक्षा सामग्री केन्द्रको क्षमता बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले निजी क्षेत्रलाई दिएर भएपनि विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यालयहरुमा उपलब्ध गराउन सरकारलाई सुझाव दिएका थिए । सचिव सुवेदीले यही चैत्र १५ गते भित्र छपाई सकेर पाठ्यपुस्तक विद्यालय पठाउने प्रतिवद्धता आएको उल्लेख गर्दै त्यसको भर पर्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले निजी क्षेत्रलाई सो पाठ्यपुस्तक छपाई दिन नीतिगत र कानूनी जटिलता रहेको तर्क गर्नुभयो । सचिव सुवेदीले धराशायी भएको केन्द्र बचाउन पनि पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिन सक्ने अवस्था नरहेको बताउनुभयो ।