२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा २३ अंकको गिरावट


26
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३.६० अंकले घटेर बजार परिसूचक २ हजार ४६.८१ को बिन्दुमा आइपुगेको छ ।

सोमबार २५८ कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुँदा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको शेयर मूल्य बढेको र ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

३८ हजार ४१५ कारोबारमार्फत ६० लाख ९१ हजार ३५३ किता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाखमा सीमित छ । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूह राताम्मे बनेका छन् ।

यसदिन बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसबाहेक दोर्दी खोला, एनएमबी हाइब्रिड फण्ड लगायतका कम्पनीका लगानीकर्ताले नाफा कमाए । जीवन विकास लघुवित्त, उपकार लघुवित्त र हिमालयन डिष्टिलरीका लगानीकर्ताले बजारबाट धेरै गुमाए ।