२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


मेरो प्राथमिकता गरिबी घटाउनु हो : मन्त्री राई


52
Shares

धनकुटा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले आफ्नो प्राथमिकता भनेको आम नागरिकको गरिबी घटाउने रहेको बताउनुभएको छ ।

सोमबार धनकुटामा आयोजित विद्यालय भवन उद्घाटन कार्यक्रमा मन्त्री राईले आर्थिक स्रोत बढाएर गरिबी घटाउने तथा सुसासन कायम गराउन आफू प्रतिवद्ध रहेको धारण राख्नुभयो ।

देशको अर्थतन्त्र निराशाजनक रहेको बताउँदै मन्त्री राईले सहकारीका माध्यमबाट मुलुकमा उपलब्ध सीप, श्रम र बजारको सन्तुलन मिलाएर आर्थिक उपार्जनको बाटो सुदृढ गर्न सरकार लागिरहेको समेत बताउनुभयो ।