
कैलाली । बैंकहरूले आफूखुसी चर्को व्याजदर बढाएको भन्दै सुदूरपश्चिमका व्यवसायी आन्दोलित भएका छन् ।
बैंकको चर्काे व्याजदरविरुद्ध व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
उनीहरुले सुदूरपश्चिमम प्रदेशका उद्योग वाणिज्य संघहरुसँग सहकार्य गर्दै आन्दोलनको कार्यक्रम अगाडी बढाएका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाई धनगढीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले आन्दोलनमा उत्रिएको घोषणा गरेका छन् ।
शान्तिपुर्ण रुपमा गरेर आन्दोलनका कार्यक्रमहरु कडा बनाउँदै लैजाने व्यवसायीहरुको चेतावनी छ । संघका उपाध्यक्ष पुष्कर ओझाले ८ प्रतिशतमा लिएको ऋणको व्याज वर्षदिन नपुग्दै १७ प्रतिशत पु¥याएको र त्यसको विरुद्धमा बाध्य भएर आन्दोलन गर्नु परेको बताउनुभयो ।
विगतमा ६/७ प्रतिशत रहेको ब्याज एकाएक १७/१८ प्रतिशत पु¥याउँदा व्यवसायी तनावमा रहेको धनगढीका व्यवसायीको गुनासो छ । बैंकले किस्ता तिर्न बारम्बार फोन गरी यातना दिन थालेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाई छ ।
महँगी र बैंकको चर्को ब्याजदरले निजी क्षेत्रदेखि सर्वसाधारणसम्म प्रभावित छन् । उद्योग चलाउन ऋण नपाउने, कच्चा पदार्थ आयात गर्न डलर नपाइने अवस्था भएपछि उद्योगी व्यवसायी उद्योगमा ताल्चा लगाउने अवस्थामा आइपुगेको भन्दै विरोध सुरु गरेको ओझाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्