१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरामा ६ महिनामा १६ लाख राजस्व संकलन


39
Shares

डडेल्धुरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले ६ महिनामा करिब १६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्ममा १६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय स्याउले डडेल्धुराले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०७९/८० को ६ महिनामा विभिन्न समयमा राजमार्ग सडकमा चेकजाँचका क्रममा ट्राफिक नियम उल्घंन गर्ने यात्रुवहाक तथा मालवहाक साना ठूला गरी २ हजार बढी यातायातका सवारी साधनहरुलाई कारवाही गरी उक्त राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

कारवाहीमा पर्ने जिप/कार १ हजार २ सय ७५, बस १ सय ७९ ट्रक ४ सय ३७, ट्याक्टर १ सय ८१, अटो रिक्सा १ सय ४४, मोटरसाइकल ६ सय १७ र अन्य १२९ गरि जम्मा २ हजार ९ सय ६२ सवारी साधनहरुबाट जरिवाना स्वरुप उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख तथा प्रहरी नायव निरिक्षक जितमान धामीले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लंघन गर्ने र परिस्थितिजन्य आदेशको अवज्ञा गर्ने सवारी चालकलाई कारवाही गरीएको प्रहरी नायव निरिक्षक धामीले बताउनुभयो ।

ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा सवारीसाधन दैनिक चेकजाँच गर्ने क्रममा भदौ महिनामा मात्र सबैभन्दा बढी ३ लाख ९७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । प्रहरीले पछिल्लो समयमा मापसे चेकजाँचलाई पनि कडाई गरेको छ ।