
फाइल तस्बिर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा आफ्नो नाम चर्चामा आउनु एउटा र त्यो कुरा टुंगोमै पुग्नु अर्को कुरा भएको बताउनुभएको छ ।
राष्ट्रपतिमा आफ्नो नाम समेत चर्चामा आइरहेको सन्दर्भमा उहाँले त्यस्तो चर्चालाई शंकाको दृष्टिले हेर्नुभएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेटवार्तापछि अध्यक्ष नेपालले मूल कुरा राष्ट्रिय सहमति भएको बताउनुभयो । उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र त्यसको पहल प्रधानमन्त्रीले गर्नुपर्ने सुझाव दाहाललाई दिएको जानकारी दिनुभयो ।
अध्यक्ष नेपालले आफूहरुबीचको सम्बन्ध बलियो होस् र लामो यात्रामा जाऔं भनेर प्रधानमन्त्रीलाई भनेको पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्