२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


416
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका ६ आम्डालीस्थित भित्री सडक खण्डमा जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुङगा लिएर आउँदै गरेको ग १ त ६८८६ को नम्बरको ट्याक्टर आइतबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक र सहचालक दुबैको जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताउनुभयो ।

ट्याक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो ।

चालक सुनारको टाउको र ढाडमा चोट लागेको थियो । वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

टाउको र दायाँ खुट्टामा चोट लागेका सहचालक विकको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उहाँको उपचारका क्रममा गएराति नै अस्पतालमै मृत्यु भएको हो ।

ट्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।