
फाइल तस्बिर
काठमाडौं । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
रत्ननगर–९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
मंगलबार बिहान रत्ननगर–९ को लालपर्सा र मोहनाको बीचमा पर्ने बाटोमा उनलाई गैंडाले आक्रमण गरेको थियो ।
मृतकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्