
हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।
ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले स्वर्णीम इतिहास बोकेको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा कपडा उद्योगको जस्तो अवस्था व्यहोर्न नहुने बताउनुभयो ।
हेटौंडा सिमेन्ट उद्योगमा रहेका समस्यालाई सुधार गर्दै उद्योगलाई बजारमा आएका प्राइभेट उद्योगसँग प्रतिस्पर्धा गर्ने क्षमता विस्तार गर्नुपर्ने उहाँको तर्क छ । हेटौंडा सिमेन्टजस्तो प्रतिष्ठित उद्योगको कारण हेटौंडालाई देशभर औद्योगिक नगरको रुपमा चिनिएको भन्दै उनले सिमेन्ट उद्योगलाई जोगाएर प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सहकार्य गरेर अघि बढने बताउनुभयो ।
प्रदेश सरकारले उद्योगमा श्रमिकहरुले व्यहोर्नुपरेको समस्यालाई समाधान गर्न श्रमिकमैत्री नीतिहरु अवलम्बन गर्ने भन्दै उनले श्रम तथा रोजगारको विषयमा प्रदेश सरकारले चासोपूर्वक कामहरु अघि बढाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्