
काठमाडौं । नेपाल बार एसोसिएसनले एक वर्षदेखि रिक्त रहेको प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्गयाउन माग गरेको छ ।
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री पुुष्पकमल दाहाललाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित अन्य न्यायाधीश नहुँदा न्याय सम्पादनमा असर परेको भन्दै यसलाई चाँडो टुङ्गयाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बारले जनाएको छ ।
लामो समयदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशले चलाईरहेको भन्दै तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बारले जनाएको छ ।
गत वर्षको फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतको नेतृत्व कामु प्रधानन्यायाधीशले गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्