२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छथर गाउँपालिका प्रथम


754
Shares

तेह्रथुम । तेह्रथुमको छथर शुुक्रबारेमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छथर गाउँपालिकाले प्रथम भएको छ ।

मंगलबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण १२ रजत २ कास्य पदक सहित छथर गाउँपालिका प्रथम भएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष राजेन्द्र बरालले बताउनु भयो । प्रथम भएसँगै गाउँपालिकाले ३ बर्षे राष्ट्रपति रनिङ शिल्डको साथमा नगद १५ हजार प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा ९ स्वर्ण ६ रजत ३ कास्य म्याङलुङ नगरपालिका दोश्रो भएको छ । नगरपालिकाले नगद १२ हजार प्र्रमाणपत्र र मेडल ट्रफी पाएको छ । ४ स्वर्ण १ रजत ४ कास्य पदक आठराई गाउँपालिका तेश्रो भएका छन् ।

गाउँपालिकाले नगद ९ हजार प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा विजयी भएका पालिका र खेलाडीहरुलाइ छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले पुरस्कार प्रदान गर्नु भएको थियो । गत, आइतबारदेखि भएको प्रतियोगितामा जिल्लाको ६ वटै पालिकाहरुको सहभागीता रहेको थियो । जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्रदेश स्तरीय खेलमा सहभागी हुने भएका छन् ।