२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मुन्द्रेको कमेडी क्लब चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने


546
Shares

काठमाडौं । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लब’ आगामी चैत्र २ गतेदेखि प्रसारण हुने भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी सुरु हुने जानकारी गराइएको हो ।

शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की र निर्देशकमा दिनेश डिसी हुने छन् । त्यस्तै, कलाकारहरुमा दमन रुपाखेती, प्रभात लामा, दिनेस काफ्ले र एलिना बास्कोटा रहने कलाकार नेपालले बताए । उनले आवश्यक परेको खण्डमा थप कलाकार बोलाउने बताए । त्यस्तै, अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकोमा खुशी लागेको बताइन् ।