
फाइल तस्बीर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारीबारे छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
दुई नेताबीच एक्लाएक्लै वार्ता भइरहेको हो ।
यही फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारीको मनोनयन दर्ताको दिन नजिकिंदै गर्दा सत्तारूढ दल र अन्य दलहरुबीचका भेटघाट तीब्र भएका छन् ।
प्रतिक्रिया दिनुहोस्