
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताउनुभएको छ ।
पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले यस्तो बताउनुभएको हो ।
उहाँले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताउनुभयो ।
उहाँले राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताउनुभयो ।
बैठकपछि उपमहासचिव समेत रहनुभएका पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीलाई कसैको राष्ट्रपतिको कुनै प्रस्ताव नआएको र त्यो च्याप्टर क्लोज भइसकेको जानकारी दिँदै भोलिका दिनमा प्रस्ताव आए त्यसबारेमा अन्य दलसँग छलफल गर्ने नीति लिएको बताउनुभयो ।
एक अर्को प्रशंगमा प्रवक्ता खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । भावि राष्ट्रपतिको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रस्ताव गर्नुभएको समाचारहरु सार्वजनिक भईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्