३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

शेयर बजारमा १३ अंकको वृद्धि


208
Shares

काठमाडौं । शेयर बजारको परिसूचक नेप्से १३ दिनपछि बुधबार बढेको छ ।

माघ २६ गतेदेखि निरन्तर घटेको परिसूचक बुधबार भने हरियो अंकमा बन्द भयो ।

बुधबार नेप्से ३३.५७ अंकले बढेर २०८० अंकमा रोकिएको छ । कारोबार भएकामध्ये १६५ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने ३ को स्थिर रहेको छ । कारोबार रकम भने १ अर्ब ८० करोडमा सीमित भएको छ । धेरैजसो उपसमूह बढ्दा लघुवित्त उपसमूह भने ६१ अंकले घटेको छ ।

बैंकिङ १६, विकास बैंक ८०, फाइनान्स ४८, होटल तथा पर्यटन ९४, जलविद्युत ९६, जीवन बिमा १९६, उत्पादन ७१, निर्जीवन बिमा १८० तथा अन्य उपसमूह २६ अंक बढे । यस दिन धेरै मूल्य बढेका ५ कम्पनीमा सबै जलविद्युत् कम्पनी रहे भने धेरै मूल्य गुमाउने ५ कम्पनीमा सबै लघुवित्त कम्पनी परे ।

लिबर्टी इनर्जीको मूल्य ९ दशमलव ८, छ्याङ्दी हाइड्रोको ९ दशमलव ५, दोर्दीको ९, पिपुल्स पावरको ८ दशमलव ४ तथा रिभर फल्सको मूल्य ७ दशमलव ८ प्रतिशत बढ्यो । आदर्श लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।

खप्तड लघुवित्तको ७ दशमलव ८, उपकार लघुवित्तको ६ दशमलव ९, सिर्जनशील लघुवित्तको ५ दशमलव ८ तथा आँधिखोला लघुवित्तको ५ दशमलव १ प्रतिशत मूल्य घट्यो ।

हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक र ङादी ग्रुप पावरको कारोबार सबैभन्दा बढी रहयो ।