१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्न हुँदैन : सांसद बस्नेत


221
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताउनुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताउनुभयो ।

पुस १० गते सरकार बन्दाको अवस्था र आजको अवस्थामा फेरबदल आइसकेको भन्दै उहाँले बदलिँदो परिस्थितिले सहमतिको माग गरेको बताउनुभयो । देशमा देखिएका चुनौतिहरुको समाधानका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले राष्ट्रिय सहमतिको आवश्यकताको सबैले बोध गरेमा सम्भव हुने बताउनुभयो । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुट्न नसकेमा अधिकतम सहमतिको बाटोमा जाने उहाँले उल्लेख गर्नुभयो ।