
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा वाद प्रतिवादमा नउत्रिन सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाका सांसदहरु एक अर्कोको भनाइप्रति प्रतिवादमा उत्रन थालेपछि सभामुख घिमिरेले सदनमा दोहोरो संवाद गर्न नदिइने बताउनुभएको हो ।
विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) की सांसद सुशीला श्रेष्ठले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको थियो । त्यसपछि सांसद श्रेष्ठले पूर्वराजा शाहको भनाइको तोडमोड गरेको भन्दै राप्रपा महामन्त्रीसमेत हरेका संसद धवलशमशेर राणाले प्रतिवाद गर्नुभयो ।
राप्रपाका सांसद जबराले पूर्वराजा शाहले वर्तमान व्यवस्थाप्रति कुनै आपत्तिको कुरा नगरेको पनि जिकिर गर्नुभयो । सांसद राणाले पूर्वराजाको बचाउ गरेपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेकपा एमालेका सांसद रघुजी पन्तले उठेर राप्रपा सांसद जबराको भनाइको प्रतिवाद गर्न खोज्नुभयो ।
पन्त र पाण्डेले समय मागेपनि सभामुख घिमिरेलेसदनमा दोहोरो प्रतिवाद गर्न नदिइने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्