
काठमाडौं । गायक राजीव लामाले पानी धाराको बोलको गीत सार्वजनिक भएको छ ।
लामो समयदेखि जापान बस्दै आएका गायक लामाले आफ्नो देशको पाखा पखेरी सम्झर्दै पानी धाराको बोलको गीत बजारमा ल्याएका हुन् ।
शहरको पेय पदार्थको तुलना गाउँको चिसो पानीसँग गर्न नसकीने भाव उनले गीतमार्फत प्रस्तुत गरेका छन् । गीतको शब्द पनि लामाकै रहेको छ ।
जाउँ जाउँ साथी, मखमली चोली, वन लभ, टोकीयो शहर लगायतका नेपाली गीत जापानमा निकै लोकप्रिय छन् । कान्छि सुनन, सानी मायाँले पनि उत्तीकै चर्चा कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्