२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चीनको कोइलाखानीमा ५० जना बेपत्ता


117
Shares

एजेन्सी । चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तिमा ५० जना हराईरहेका छन् ।

उत्तरी चीनको इनर मंगोलियास्थित सिञ्चियाङ कोइलाखानीमा मंगलबार दिउँसो भएको दुर्घटनापछि ६ जनालाई जिवितै उद्धार गरिएको छ ।

अन्य हराईरहेकाहरुको खोजी तीब्र बनाउन राष्ट्रपति सी जिनपिङले आदेश दिनुभएको छ । उक्त कोइलाखानीमा दुर्घटनाका बेला दुई सय बढी कामदार रहेको सिञ्चियाङ कोइला कम्पनीले जनाएको छ ।

चीनमा कोइलाखानीका दुर्घटना बारम्बार हुने गर्दछ ।