२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


इजरायली सेनाको आक्रमणबाट ११ जना प्यालेस्टिनीको मृत्यु


130
Shares

एजेन्सी । इजरायली सेनाको आक्रमणबाट पश्चिम किनारामा कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।

पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली सेना प्रवेश गरेपछि भएको भिडन्तमा उनीहरु मारिएका हुन् ।

मारिनेहरुमा अधिकांश सर्वसाधारण भएको बताइएको छ । मारिनेहरुमा ७२ वर्षीय वृद्ध समेत रहेको प्यालेन्टिनी अधिकारीहरुले बताएका छन् ।

लडाकु समूह लायन्स डेनले भने आफ्ना ६ सदस्य इजरायली आक्रमणमा मारिएको जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले भने ८० जनालाई गोली लागेको र उनीहरुको नाबलुसका चार वटा अस्पतालमा उपचार भईरहेको बताएको छ ।

घटनापछि नाबलुस शहरमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए । इजरायली डिफेन्स फोर्सले भने लडाकु समूहबाट आक्रमण भएपछि प्रतिकार गरेको र त्यस क्रममा लुकेर बसेका तीन जना आतंककारी मारिएको बताएको छ ।