१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


४५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ


416
Shares

कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

शिवराज नगरपालिका–४ चनईका २६ वर्षीय दुर्गा जैसवाललाई बहादुरगञ्ज सडक अन्तर्गत महाराजगञ्ज नगरपालिका–६ कन्चनिय पुलबाट ४५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगेलले बताउनुभयो ।

कन्चनिया पुल नजिक लु ३७ प ५०७४ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा सो लागू औषध बरामद भएको हो ।

खानतलासी लिँदा १० वटा प्लाष्टिकको पोका बनाई त्यसमा ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको थियो ।

जैसवालको साथबाट एक थान मोबाइल, नेपाली र एयर टेलको सिम समेत बरामद भएको थियो ।