
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङसहित पाथीभरा मन्दिर क्षेत्रमा सामान्य वर्षासँगै हिमपात भएपछि कृषक खुशी भएका छन् ।
यस वर्ष पहिलो पटक यस क्षेत्रमा हिउँ परेको हो भने हिउँदे वर्षा पनि पहिलो पटक भएको हो ।
विगतका वर्षहरुमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङगोला सहितका क्षेत्रमा यसवर्ष फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन् ।
सदरमुकाम फुङलिङसहित केही ठाउँमा बुधबार साँझ भएको वर्षाले कृषकलाई सामान्य राहत मिलेको छ । यस वर्ष हिउँद लागे यता वर्षा नहुँदा मकै, गहुँ, तोरी, अलैचीलगायत हिउँदे बाली फस्टाउन सकेको छैन ।
वर्षासँगै सदरमुकाम लगायतका क्षेत्रमा चिसो बढेको छ । ताप्लेजुङको उत्तरी उच्च भेगमा भने वर्षा भएको छैन ।
प्रतिक्रिया दिनुहोस्