१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


1.911k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार मध्यान्ह उनीहरुबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उहाँहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको छ ।

भेटमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन् ।