७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पुरानो गठबन्धन ब्यूताउने विषय टुंगोमा पुगेको छैन: उपप्रधानमन्त्री श्रेष्ठ


793
Shares

काठमाडाैं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेससहितको गठबन्धनलाई ब्यूताउने विषय टुंगोमा पुगिनसकेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरुसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालबीचको भेटवार्तामा सहभागी भएकाे उहाँले सञ्चारकर्मीसँग सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनकाे बारेमा निष्कर्षमा पुगिने प्रतिक्रिया दिनुभयो ।

यसैबीच, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच बिहीबार नै अपराह्न ५ बजे बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनकाे बारेमा निष्कर्षमा पुग्न बैठक बस्न लागेको उपप्रधानमन्त्री श्रेष्ठकाे भनाइ थियाे ।