
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा यहि फागुन १७ गतेदेखि पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने भएको छ ।
आठराई गाउँपालिका-२ स्थित पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने भएकाे हाे । साँस्कृतिक कार्यक्रम साथमा विभिन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।
प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल, खुल्ला पुरुष भलिबल, साँस्कृतिक कार्यक्रम अन्तर्त नृत्य, धान नाच, ब्याडमिन्टन डब्बल र माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने विजेताले नगद १ लाख ५० हजार ट्रफीमेडल र प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछ । दोश्रो उपविजेताले १ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै, महिलातर्फ फुटबलमा विजेताले ६० हजार ट्रफी मेडल र प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछ । उपविेजेताले ४० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजेताले नगद ८० हजार ट्रफी मेडल प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछ । उपविजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएकाे छ ।
साँस्कृतिक कार्यक्रममा प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र र दोश्रो हुनेले नगद १० हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद ५ हजार प्राप्त गर्ने भएका छन् । त्यस्तै, धान नाच प्रतियोगितमा प्रथमले १० हजार नगदसहित प्रमाणपत्र र दोश्रो हुनेले नगद ८ हजार र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।
ब्याडमिन्टनतर्फ विजेताले २० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । उपविजेताले १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा क्रमश ३ हजार २ हजार र १ हजार नगदको साथमा प्रमाणपत्र प्रथम दोश्रो र तेश्रो हुनेले प्राप्त गर्ने भएका छन् ।
प्रतियोगितामा फुटबलतर्फ वेष्ट किपर, वेष्ट डिफ्रेन्स, वेष्ट प्लेयर, हाईस्को, भलिबलतर्फ वेष्ट सटर र वेष्ट लिफ्टरलाई पुरस्कार दिइने भएकाे छ । प्रतियोगिता आगामी फागुन २४ गते सम्पन्न हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्