२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी: महासचिव गुरूङ


442
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताउनुभएको छ ।

बिहीबार रफत सञ्चारले भक्तपुरमा गरेको कार्यक्रममा बाेल्दै महासचिव गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनु पर्ने बताउनुभएकाे हाे । सरकार परिवर्तनका लागि गठबन्धनको स्वरुप परिवर्तन हुन सक्ने भएपनि राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जाने उहाँको तर्क छ ।

पछिल्लो समय सरकारमै बसेर गणतन्त्र समाप्त गर्ने योजना बाहिर देखिएको महासचिव गुरुङले बताउनुभयाे । नेकपा एमालेका निवर्तमान केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापामा देखाएको हर्कतले के संकेत गर्छ भन्दै प्रति प्रश्न समेत उहाँले गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको महासचिव गुरुङकाे तर्क छ ।