२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आज केही स्थानमा वर्षा र हिमपात हुने


442
Shares

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

शुक्रबार बिहान प्रदेश-१ र गण्डकी प्रदेश लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शुक्रबार दिउँसो भने प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। प्रदेश-१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राति भने प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना हुने महाशाखाले जनाएकाे छ ।