७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ओखलढुंगाको पोकली झरना पर्यटकको पर्खाईमा


286
Shares

ओखलढुंगा । ओखलढुंगाको पोकली झरना पर्यटकको पर्खाईमा रहेको छ ।

याे झरना पर्यटकीय गन्तव्य सूचिमा सूचिकृत समेत भएकाे हाे । १ सय ३० मिटर उचाईबाट झर्ने यो झरना देशकै दोस्रो अग्लो झरनाको रुपमा दावी गरिंदै आएको छ ।

लिखु गाउँपालिकाको पोकलीमा रहेको साेही झरनामा भौगोलिक विकटताका कारण पर्यटक आवत-जावतमा समस्या हुने गरेको छ । पोकली झरना क्षेत्रमा पुग्ने सडक स्तरोन्नतिको आवश्यकता भएको स्थानीयवासीहरू बताउँछन् ।

पोकली झरनासँगै रहेको हाँडी दह‚ गुफा‚ पहाडी भूगोल र सुनुवार जातिको संस्कार-संस्कृति पोकली झरनाका गहना हुन् । पोकली झरनाबाट देम्बाडाँडा हुँदै सोलुखुम्बुको पिकेसम्मको पर्यटकीय पदमार्ग स्थापना गर्ने तयारी भएको छ ।

पोकली झरना क्षेत्रमा आकाशेपुल, विश्रामस्थल र सिंढी लगायतका पर्यटकीय संरचनाहरूकाे समेत निर्माण गरिएकाे छ ।