२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


निर्वाचन अघिको गठबन्धन व्यूँताउन दलहरु सहमत


3.861k
Shares

काठमाडौं । राजनीतिक दलहरु पुरानो गठबन्धन ब्यूँताउन सहमत भएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुबाटारमा बसेको बैठकमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरु पुरानो गठबन्धन व्यूताउँन सहमत भएका हुन् । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा शुक्रबार कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरुबीच छलफल भएको थियो । राष्ट्रपतिको विषयमा दलहरु सहमति नजिक पुगेका र उम्मेवार भने शुक्रबार साँझ ५ बजे बस्ने बैठकले टंगो लगाउने नेताहरुले बताएका छन् ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते शनिवार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका निर्धारण गरेको छ भने मतदान फागुन २५ गते हुँदैछ ।