२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दुःखद् : जनार्दन शर्मा


858
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति चयनका लागि दलहरुबीच भईरहेको छलफलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पूर्वअर्थमन्त्री समेत रहनु भएका उपमहासचिव शर्माले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दुःखद् भएको समेत बताउनुभयो । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले राष्ट्रिय सहमतीकै आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान समेत राख्नुभयो ।

जनताले तानातानका लागि नभई सहकार्यका साथ मुलुकलाई अघि बढाउने गरी मत दिएको उल्लेख गर्दै उहाँले सोही मतको सम्मान गर्दै सहमतीको आधारमा राष्ट्रपति चयन गर्ने काममा एकतावद्ध हुन सरकार, सबै राजनीतिक दल र सांसदहरुलाई आग्रह समेत गर्नुभयो ।

उपमहासचिव शर्माले राजनीतिक दलहरुले राष्ट्रिय सहमतीका साथ उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकलाई समृद्ध बनाउने महाअभियानमा जुट्नुपर्ने पनि बताउनुभयो ।