
कैलाली । २६० औं सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा विविध कार्यक्रम गरेको छ ।
सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले इतिहास देखि वर्तमानसम्मका सैनीक सम्बन्धि गतिविधि समेटेर प्रदर्शनी गरेको थियो । दुई दिने बृहत प्रदर्शनी अवलोकन गर्न उल्लेख्य मात्रामा मानिसहरु आएका थिए ।
इतिहासदेखि वर्तमानसम्मका सैनिकका विविध गतिविधिबारे प्रदेशका नागरिकलाई जानकारी दिन २०७४ सालदेखि केन्द्रदेखि प्रदेशमा यस्ता कार्यक्रम गरिन लागेको सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्